+

यु-१९ महिला फुटबलमा नेपालले पाकिस्तानलाई हान्यो ९ गोल

२०७५ कात्तिक  ११ गते १७:१९ २०७५ कात्तिक ११ गते १७:१९
यु-१९ महिला फुटबलमा नेपालले पाकिस्तानलाई हान्यो ९ गोल

११ कात्तिक, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ ।

आइतबार थाइल्याण्डमा भएको खेलमा नेपालकी मञ्जली कुमारीले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । नेपालका लागि निशा थोकरले हृयाटि्रक गरिन् । पूजा रानाले दुई र सम्झना लावती, एलिसा जिम्बा र सरु लिम्बुले एक/एक गोल गरे ।

नेपालले यसअघि शुक्रबार भारतलाई २-० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल थाइल्याण्डसँग ३-० ले हारेको थियो । छनोट प्रतियोगिताको समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।

दोस्रो चरण प्रवेशका लागि आइतबार नै हुने थाइल्याण्ड र भारतबीचको खेलको प्रतीक्षामा नेपाल रहेको छ । थाइल्याण्डले भारतलाई हराएमा वा खेल बराबरी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय