+

यु-१५ च्याम्पियनसिप : पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरियो

२०७५ कात्तिक  १५ गते १६:३० २०७५ कात्तिक १५ गते १६:३०
यु-१५ च्याम्पियनसिप : पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरियो

१५ कात्तिक, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-0 गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले ४ गोल खान पुग्यो । नेपालका रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो ।  पाकिस्तानका लागि मोहिब उल्लाहले २ र मोइन अहमदले १ गोल गरे ।

आजै भएको अर्को सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ । पाकिस्तान र बंगलादेशबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय