+
+
Shares

काँग्रेस महासमिति बैठक मंसिरभित्रै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते १४:०९

१७ कात्तिक, काठमाडौं । मंसिर पहिलो साताका लागि तय भएको काँग्रेस महासमिति बैठक सर्ने भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने निश्चित जस्तै भईसकेको छ ।

महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको काँग्रेस स्रोतले जानकारी दिएको छ । ‘विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५-२० दिन पर्याप्त हुने भएकाले २५ वा २६ गते महासमिति बोलाउने तयारी छ’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने बैठक सार्ने औपचारिक निर्णय नभएको बताउँछन् । यो विषयमा तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?