+
+

सुहानाको कामबाट फुरुङ्ग अनमोल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते ११:१०

नायक अनमोल केसी हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्न रुचाउँछन् । उनले काम गरिरहेको सातौ चलचित्रमा पनि उनी नया“ नायिकासँग नै काम गरिरहेका छन् । निर्देशक झरना थापाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन भैरहेको छ । चलचित्रमा अनमोलको साथमा नव–नायिका सुहाना थापाले काम गरिरहेकी छिन् ।

सुहाना र अनमोलको जोडी कस्तो होला भन्ने कौतुहलता दर्शकलाई छ । तर, नायक अनमोल केसी भने सुहानाको कामबाट प्रभावित भएका छन् । अनलाइनखबरसँगको एक भेटमा अनमोलले भने–‘सुहानाको काम निकै नै राम्रो छ । मैले आजसम्म काम गरेका नायिकामध्ये सुहानामा मैले कामप्रतिको लगाव देखे“ । उनले आफ्नो कामबाट दर्शकलाई सरप्राइज नै दिनेछिन् ।’

अनमोलले यो चलचित्रमा आफू दोहोरो भूमिकामा नरहेको समेत खुलाएका छन् । चलचित्रमा अनमोलको २ वटा क्यारेक्टर छ तर यो दोहोरो भूमिका भने होइन । चैत्रको २९ गतेबाट रिलिज हुने यो चलचित्रको आधा प्रतिशत भन्दा बढी काम सकिएको छ । पहिले दृश्य सकेर गीत खिच्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?