+

मोनाकोविरुद्ध काभानीको ह्याट्रिक, हेनरी थप दबावमा

२०७५ कात्तिक  २६ गते ६:१८ २०७५ कात्तिक २६ गते ६:१८
मोनाकोविरुद्ध काभानीको ह्याट्रिक, हेनरी थप दबावमा

काठमाडौं । इडिनसन काभानीको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले मोनाकोलाई हराएको छ । यसले भर्खरै क्लब सक्हालेका थिएरी हेनरीलाई थप दबावमा पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–० ले हराएको हो । चौथो मिनेटमा नै घरेलु टोलीविरुद्ध गोल गरेका काभानीले ११ औं मिनेटमा दोस्रो गोल गरे । उनले ५३ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजीको १३ खेलबाट ३९ अंक भएको छ र दोस्रो स्गानमा रहेको लिले भन्दा १३ अंकले अगाडि छ । मानाकोले भने यो सिजन एक खेल मात्र जितेको छ र मात्र ७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय