+
+

गृहमन्त्री बादल र यूएनएचसीआरका एशिया निर्देशकबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १७:३८

काठमाडौँ, ३० कात्तिक ।गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेट गरेका छन् ।

गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्यालगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि यूएनएचसीआरले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरिएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे ।

बाँकी रहेका भुटानी शरणार्थीहरुका समब्न्धा विभिन्न विकल्पहरुबारे छलफल भइरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनीहरुलाई भुटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिए । उनले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भीर रहेको बताए ।

निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका स्रहानीय रहेको टिप्प्णी गरे ।

बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न यूनएनएचसीआर तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?