२ मंसिर, काठमाडौं । राजधानी काठमाडौंमा औषधि सुघाएर लुटपाट गर्ने गिरोह सक्रिय रहेको भेटिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले आइतबार औषधी सुघाएर लुटपाट गर्न खोज्दाखोज्दै एउटा गिरोहका सदस्यलाई पक्राउ परेसँगै औषधि सुघाएर लुटपाट गर्ने समूह सक्रिय रहेको खुलेको हो ।
व्यस्त एवं भिडभाड हुने क्षेत्र, बसपार्क र सार्वजनिक यातायातमा त्यो गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको मुलपानी बस्ने काभ्रे नमोबुद्ध–५ का ४५ वर्षीय कारसाङ तामाङ छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको हो ।
परिसरका एक अधिकारीका अनुसार चाबहिल चोकमा चक्रपथ चल्ने गाडीमा सवार महोत्तरीका ३५ वर्षीय गणेश महतोलाई औषधि सुघाएर लुटपाट गर्न खोज्दै गर्दा तामाङलाई नियन्त्रणमा लिइएको थियो ।
तामाङको गिरोहमा संलग्न थप ३ जनाको पहिचान भएको छ । यद्यपि, उनीहरु फरार छन् ।
तीनै जनाको खोजी कार्य जारी छ ।
प्रतिक्रिया 4