+
+
Shares

अपडेटः विपिनको खुट्टाको अप्रेशन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १३:५१

चलचित्र ‘जात्रै जात्रा’को छायांकनका लागि जाँदै गर्दा काठमाण्डौको कालिमाटीमा बाइक दुर्घटनामा परेका नायक विपिन कार्कीको खुट्टाको अप्रेशन गरिएको छ । उनको, बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो ।
उनले अब केही हप्ता पूर्ण रुपमा आराम गर्नुपर्नेछ ।

खुट्टाको अप्रेशन भएपछि उनले काम गरिरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन समेत प्रभावित हुने भएको छ । फागूण १७ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिसकिएको छ ।

यस्तै, उनी अभिनित चलचित्र ‘प्रसाद र गोपी’ रिलिजको तयारीमा छन् । बिहान कालिमाटीमा बाइक रोकिराखेको अवस्थामा तिव्र गतीमा आएको बाइकले आफूलाई ठक्कर दिएको विपिनले बताएका छन् । विपिनलाई ठक्कर दिएपछि सो बाइकले अर्को कारलाई पनि ठक्कर दिएको थियो । लाइसेन्स नभएका चालकले बाइक चलाएको वुझिएको छ ।

 

‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?