+
+

टिकेन सेयर बजारकाे हरियाली, नेप्से परिसूचक ३ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २५ गते १५:४५

२५ मंसिर, काठमाडौं । साताको पहिलो दिन र दोस्रो दिन लगातार दोहोरो अंकले वृद्धि भएको सेयर बजार साताको तेस्रो दिनसम्म आइपुग्दा ओरालो लागेको छ । मंगलबार सेयर बजारमा ३ दशमलव ०८ अंकले ओरालो लागेको हो ।

सेयर बजार ३ अंक भन्दा बढीले घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ४१ दशमलव १० विन्दुमा मा आइपुगेको छ ।  यस अघि सोमबार नेप्से परिसूचक १२ दशमलव ४९ अंकको बढेको थियो भने आइतबार १० दशमलव ८५ अंकले उकालो लागेको थियो ।

नेप्से परिसूचकसहित मंगलबार कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभरमा भएको ३ हजार ५ सय ६५ कारोबारबाट १ सय ६४ कम्पनीका १२ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार कारोबार रकम ३८ करोड ३२ लाख ९३ हजार १ सय २० रुपैयाँ पुगेको छ ।

यस अघि सोमबार ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको मंगलबार १३ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?