+
+

अनसन स्थलको टेन्ट रातारात हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १०:२९

१५ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसन बस्न बनाइएको टेन्ट रातरात हटाइएको छ ।

चिकित्सक संघले शिक्षण अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन थालेको थियो ।

तर, शिक्षण अस्पताल प्रशासनले भने अस्पताल हातामा धर्ना नबस्न चेतावनी दिएको थियो । त्यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दियो । अस्पताल प्रशासनले रातारात टेन्ट हटाएको छ ।

चिकित्सकहरुले अस्पताल ग्रांगणमा म्याट बिछ्याएर रिले अनसन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?