+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कोही नठगिने गरी मलेसियामा रोजगारी खुल्छ : राजदूत पाण्डेय

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १३:१६

मलेसिया । मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन ।

‘बाहिर हल्ला नेपालले रोक्यो भन्ने छ त्यो होइन । केही प्रक्रियाहरु छन्, जो दुवै देशवाट पहलहरु भैरहेका छन्,’ उनले भने ।

गैरआवासीय नेपाली संघ मलेसियाद्वारा दूतावासमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदूत पाण्डेयले केही विषयका कारण मलेसियामा रोजगार नखुलेको बताए ।

उनले अघि भने, ‘सबै तहको सिण्डिकेट हटाउन नेपाल सरकारले भनिसकेकोले अब कोही नेपाली नठगिने गरी मलेसिया रोजगारी खुल्छ । त्यसको लागि पहल गर्ने छु ।’

विदेशमा खोलिएका संघसंस्था सबै राम्रो भएको उल्लेख गर्दै तर त्यही संघसंस्थाभित्र छिरेर चलखेल गर्न खोज्नेहरुका कारण संघसंस्था बदनाम हुने भएकोले चनाखो हुन पर्नेमा जोड दिए ।

सबै संघसंस्थासँग सहकार्य गर्न दूतावास तयार छ तर त्यसमा भएका ब्यक्तिहरु खराव भएर नेपालीहरुको अहित हुने काम गरिरहेका भएमा संस्थालाई नहेरी ब्यक्तिलाई कारबाही गर्न कुनै कसर वाकि नराख्ने बताए ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा कार्यरत नेपालीहरुको भिषा सकिंदा वा कन्ट्रयाक सकिंदासमेत कम्पनीले घर नपठाउने गरेको ठूलो समस्या परेका बताएका थिए ।

यसैगरी मलेसियामा आपत परेका नेपालीहरुको उद्धारमा, दूतावास र नेपाली समुदायबीचको सहकार्य, भएमा सजिलो हुने पर्नेमा एनआरएनले सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?