+
+

मस्कटमा नेपाली दूतावासले मनायो नारी दिवस

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३० गते २०:२६

३० फागुन, ओमान । ओमानको राजधानी मस्कटस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

राजदूत शर्मिला पराजुली ढकालको निवासमा बुधबार आयोजना गरिएको कार्यक्रममा ओमानको राजपरिवारकी सदस्य सैदा बस्मा ल सइदसहित विभिन्न पेसामा आबद्ध करिव १०० जनाको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत ढकालले नेपाल सरकारले लैङ्गिक समानता सुनिश्चित गर्न चालेको कदमहरूका बारे आगन्तुकहरूलाई जानकारी दिएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी अमेरिका भ्रमण र उनले राष्ट्रसंघमा हालै दिएको अभिव्यक्तिका बारे पनि उनले चर्चा गरेकी थिइन् ।

ओमान राजपरिवारकी सदस्य सैयदले महिलाहरूले लैङ्गिक समानताका लागि काम गर्न र समाजलाई केही योगदान गर्न आग्रह गरिन् ।

कार्यक्रममा विभिन्न देशका राजदूत तथा ओमानमा कार्यरत नेपाली महिलाहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?