Comments Add Comment

सलमानको ब्रेकअपः ‘संगीतादेखि कट्रिनासम्म

बलिउडमा नायक सलमान खानको नाम उनको अभिनय, स्टारडम र लुक्सले मात्र चलेको छैन । सलमानको प्रेम जीवनले पनि उनको चर्चा सर्वाधिक भएको पाइन्छ । उनले ५२ बर्षसम्म पनि बिहे गरेका छैनन् । तर, उनको नाम दर्जनौ यूवतीसँग जोडिएको छ । अधिकांश यूवतीसँग केही समय प्रेममा रमाएर अलग भएकै कारण सलमानले एक्लो जीवन जिउनु परेको छ ।

सलमान खानले बलिउडमा करिअर सुरु गर्दै गर्दा संगीता विजलानी नामकी युवतीसँग प्रेममा थिए । तर, बलिउडमा उनको क्रेज बन्दै गएपछि संगीता र सलमान एक(अर्कामा छुट्टिए । संगीता विजलानीसँगको ब्रेकअपपछि सलमान केही समय एक्लो भए । तर, सलमानसँग आकर्षित हुने हजारौ थिए । सलमानको मन पनि कसैमा फस्यो । सलमान आफूलाई मन पराउने युवती सोमी अलिसँग प्रेममा परे । उनीहरुको प्रेम पनि निकै चर्चामा थियो । उनीहरु त बिबाहसम्म गर्ने योजनामा थिए ।

यस्तैमा, मिस वल्र्ड विजेता ऐश्वर्या रायको बलिउडमा प्रवेश भयो । ऐश्वर्याको बलिउड प्रवेशमा सलमानको पनि हात छ भन्ने गरिन्छ । बलिउडमा ऐश्वर्या आएसँगै सलमानको दिल ऐश्वर्याको लागि धड्किन थाल्यो । त्यो कुरा पत्तो पाएपछि सलमानको प्रेमिका सोमी भारत छोडेर गइन् ।

सोमीसँगको ब्रेकअपसँगै सलमान र ऐश्वर्या नजिक भए । त्यसपछि नै उनीहरुको प्रेममा मुना पलायो । विस्तारै उनीहरुको प्रेम उत्कर्षमा पुगेको थियो । तर, यो कुरामा ऐश्वर्याको परिवार राजी थिएन । सलमानसँग छुटाउन परिवारले हर प्रयास गरिरहेको थियो । यस्तैमा, सलमान रातीको समयमा ऐश्वर्याको घरको ढोका ढकढक्याउन पुगे । त्यो कुरा ऐश्वर्याको परिवारलाई मन परेन । ऐश्वर्याले पनि ढोका खोलिनन् । यसपछि नै उनीहरुको प्रेममा विश्राम लागेको बताइन्छ ।

सलमान र ऐश्वर्याको ब्रेकअपपछि सलमान नायिका कट्रिना कैफसँगको प्रेममा परे । उनीहरुको प्रेम पनि निकै उत्कर्षमा पुगेको थियो । तर, कट्रिना रणवीर कपुरसँग आकर्षित भएपछि उनीहरु बीच पनि प्रेम टुट्यो ।

कट्रिना पछि सलमान यूलिया वन्तुरको प्रेममा छन् । तर, उनीहरुको प्रेमको बिषयमा अझै पनि दुबैले स्पष्ट रुपमा बताएका भने छैनन् । सलमानको प्रेम जीवनमा सार्वजनिक रुपमा नै चर्चामा रहेका प्रेमिकाहरु माथि उल्लेख गरिएको छ । यी बाहेक सलमानको नाम उनीसँग काम गरेका अधिकांश नायिकासँग पनि जोडिन्छ ।

अहिले सलमान र उनको पूर्व प्रेमिका कट्रिना कैफ पनि नजिक छन् । कट्रिनाकै कारण युलियासँग ब्रेकअप भएको खबर बाहिरिएका छन् । तर, आधिकारिक समचार भने अहिलेसम्म आएको छैन । सलमान खानको बिहेको प्रतिक्षा उनका फ्यानले गरिरहँदा उनको जीवनमा पनि प्रेम टुटेको खबर मात्र सार्वजनिक हुने गरेको छ । सलमान यो कुरामा आफूलाई अभागी ठान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment