६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको छ ।
नेपालकी पुनम जर्घामगरले ४२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड पासमा गोल गरेकी थिइन् । पुनमकै गोलको आधारमा नेपालले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको छ ।
खेलको सुरुआती समयदेखि नै नेपालले आक्रमक खेल खेलेको थियो । खेलको १०औं मिनेटमा नेपालले कर्नर पायो । अनिता बस्नेतले प्रहार गरेको कर्नर कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर बल पोष्टको केही माथिबाट बाहिरिएको थियो ।
१६औं मिनेटमा सावित्रा भण्डारीले शसक्त प्रहार गरेकी थिइन् । तर उनको प्रहार श्रीलंकाकी गोलकिपर अयोमी विजेरथ्नले बचाइन् ।
विराटनगरको शहिद रंगशालामा एकपछि अर्को गोल गर्ने अवसर निकालेको नेपालले थुप्रै मौका गुमाएको थियो । खेलको ३५औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो ।
३६औं मिनेटमा भने श्रीलंकाले पनि गोल गर्ने राम्रो अवसर खेर फाल्यो । श्रीलंकाकी कप्तान इरान्दी लियानगले वान भर्सेस वानमा चुकेकी थिइन् ।
प्रतिक्रिया 4