
१० चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चार किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर-८ बस्ने ४३ वषर्ीय शुभनारायण साहलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित ईनर्वा चौकी अगाडी सडकमा विभिन्न सवारीसाधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेका उनीमाथि शंका लागि प्रहरीले चेकजाँच गरेको थियो ।
उनको साथबाट लागूऔषध चरेश ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खुट्टामा कालो पट्टी बाँधेर उनले चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रन सफल भएको थियो ।
साहलाई नियन्त्रणमा लिई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया 4