Comments Add Comment

पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् ।

आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् ।

झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment