+
+

जुगल हिमालमा वेपत्ता भएका तीन जना सम्पर्कमा

दिनेश थापा दिनेश थापा
२०७५ चैत २७ गते २०:००

२७ चैत, काठमाडौं । जुगल हिमश्रृङ्खला अन्तर्गत ६ हजार १ सय ५१ मिटरको उचाइँमा रहेको ग्यालजेन पिक हिमाल आरोहणमा गएका तीन सहयोगी सम्पर्कमा आएका छन् ।

हिमाल आरोहीलाई सहयोग गर्न गएका तीन जना बुधबार विहानदेखि सम्पर्कविहीन भए पनि साँझ सम्पर्कमा आएका हुन् ।

सगरमाथा आरोही माया गुरुङको एभरेष्ट वुमन ट्रेकबाट आरोही टोली जुगल आरोहणमा गएको थियो । सो ट्रेक कम्पनीकी जेस्ना खड्काले दिएको जानकारी अनुसार ग्यालजेन पिक आरोहणबाट क्याम्प वानमा फर्केपछि गाडीएको डोरी निकाल्न जाने क्रममा उनीहरु हराएका थिए ।

उनीहरु हराएपछि खोजी सुरु भइरहेका बेला सम्पर्कमा आएका हुन् । उनीहरु सम्पर्कमा नआएको भए काठमाडौंबाट हेलिकोप्टेर मगाएर उनीहरुको खोजी गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?