
८ बैशाख, काठमाडाैं । अग्नि ग्रुपपले पर्साको वीरगंजस्थित गन्डकमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले शोरुमको संयुक्तरूपमा उद्घाटन गरे ।
कम्पनीका अनुसार उद्घाटन समारोहमा शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गरेका छन्। यो कार्यक्रम महिन्द्राले चाडैं नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो ।
यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको व्यानर पनि उद्घाटन गरिएको हो। यस अन्तर्गत अर्पिल महिनाका ५ नयाँ ग्राहकलाई सम्मानित पनि गरिएको छ ।
समुद्घाटन समारोह पछि ३ दिनसम्म निःशुल्क सर्भिस क्याम तथा निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिने छ । शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्री पछिको सेवा पाउने अग्नि ग्रुपका शाखा प्रमुख प्रमोदकुमार क्षेत्रीले बताए ।
प्रतिक्रिया 4