Comments Add Comment

पदक तालिकामा गम्भीर त्रुटि, पुलिस दोस्रो कि तेस्रो ?

११ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा गम्भीर त्रुटि भेटिएको छ ।

नेपालगञ्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा आयोजक प्रदेश ५ को खेलकुद विकास समितिले दिएको पदक तालिका र राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको पदक तालिकामा पदक संख्या फरक फरक देखिएको हो ।

यहाँ त्रुटिको विषय के देखिएको छ भने आयोजकले एपीएफ क्लबलाई दोस्रो र नेपाल पुलिस क्लबलाई तेस्रो भन्दै ट्रफी प्रदान गरेको छ । तर राखेपले उपलब्ध गराएको पदक तालिकामा नेपाल पुलिस क्लब दोस्रो छ भने एपीएफ क्लब तेस्रो स्थानमा छ ।

आयोजकले पुलिसले ४९ स्वर्ण ५५ रजत र ४४ कास्य पदक जितेको भन्दै समग्रमा तेस्रो स्थान पाएको उल्लेख गरेको छ । तर राखेपले पठाएको मेडल तालिकामा ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य गरी कुल १५७ पदक जितेको उल्लेख गरेको छ ।

आयोजकले उल्लेख गरेअनुसार एपीएफले ५१ स्वर्ण ६५ रजत र ७० कास्य गरी तेस्रो स्थान हासिल गरेको छ । तर राखेपले एपीएफले ५३ स्वर्ण ६९ रजत र ८० कास्य गरी कुल २०२ पदक जितेर तेस्रो भएको उल्लेख गरेको छ ।

त्यस्तै टिम च्याम्पियन बनेको आर्मीको पदक तालिकामा पनि फरक फरक पदक संख्या उल्लेख भएको छ । आयोजकले १३७ स्वर्ण ७७ रजत र ६६ कास्य पदक जितेको उल्लेख गरेको छ भने राखेपले दिएको पदक तालिकामा १४० स्वर्ण, ८१ रजत, ६७ कास्य गरी कुल २८८ पदक जितेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment