१६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेको छ ।
आइतबार राति भएको खेलमा घरेलु टोली लेष्टर सिटीले आर्सनललाई ३-० गोलअन्तरले पराजित गरेको हो । लेष्टरको जितमा ज्यामी भर्डीले २ र यउरी टिइलेमन्सले १ गोल गरे ।
खेलको ३६औं मिनेटमा मइटल्यान्ड नाइल्सले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमिमत भएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलको आर्सनलले दोस्रो हाफमा तीन गोल खायो ।
खेलको ५९ औं मिनेटमा यउरीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । त्यस्तै, ८६औं मिनेटमा भर्डीले गोल गरेपछि लेष्टर २-० गोलले अघि रहेको थियो । खेलको अतिरिक्त समयमा फेरी भर्डीले अर्को गोल थपेपछि लेष्टर सिटीले आर्सनललाई ३-० गोलअन्तरले पराजित गरेको हो ।
त्यस्तै, अर्को खेलमा भने म्यान्चेस्टर युनाइटेड र चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4