+

पेड्रोले चेल्सीलाई हारबाट बचाए

२०७६ वैशाख  २० गते ७:२३ २०७६ वैशाख २० गते ७:२३
पेड्रोले चेल्सीलाई हारबाट बचाए

२० वैशाख, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बराबरी खेलेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले जर्मनीको आइनट्रायच फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु टोली फ्रान्कफर्टसँग बराबरी खेलेको चेल्सीले खेल अवधिभर बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन ।

२३ औ‌ मिनेटमा लुका जोभिचले गोल गर्दै फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । तर खेलको ४५ औ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा चेल्सीले थप सुधारिएको खेल खेल्यो तर गोल भने गर्न सकेन । चेल्सीले फ्रान्कफर्टको पोष्टमा १६ पटक प्रहार गरेको थियो । पटक–पटकको प्रयास सफल हुन नसकेपछि चेल्सीले फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमै चिक्त बुझाएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय