
२३ वैशाख,काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकका चारै औद्योगिक क्षेत्रमा विचौलियाको चलखेलका कारण चलखेलका कारण नयाँ उद्योग भित्रन नसकेको बताएका छन् ।
औद्योगिक क्षेत्र कब्जा गर्ने प्रचलन रहेको भन्दै उनले उद्योगीको सहयोग भएमा मात्र कब्जा गर्ने परम्परा हटाउन सकिने बताए ।
नेपाल उद्योग परिसंघ प्रदेश ३ ले गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपाली उत्पादनलाई प्रथमिकता दिने उद्योगलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि जानकारी दिए।
यी औद्योगिक क्षेत्र केन्द्र सरकार मातहत रहेसम्म विकृति अन्त्य नहुने भन्दै उनले प्रदेश सरकार मातहत ल्याउने प्रयास भइरहेको बताए । मुख्यमन्त्री पौडेलले ललितपुर औद्योगिक क्षेत्र खुल्ला वेश्यावृत्तिको केन्द्र बनेको पनि आरोप लगाए । त्यहाँ उद्योग भन्दा पनि बढी निजी बसोबास रहेको पौडेलको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष सतिसकुमार मोरले नयाँ औद्योगिक क्षेत्रलाई प्रदेश मातहत राखेर काम गरेमा औद्योगिक विकास सम्भव हुने बताए ।
प्रतिक्रिया 4