
२९ वैशाख, काठमाडौं । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान सिकरका ३२ वरषीय नरेश कुमार छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई शनिबार दिउँसो मख्खन गल्लीमा रहेको आराध्यदेव इन्टरप्राइजेजबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनको साथबाट ५ लाख ९ हजार रुपैयाँ बरामद भएको छ ।
‘विशेष सूचनाको आधारमा त्यहाँ पुगेको हाम्रो टोलीले शंकास्पद रुपमा रकम बरामद गरेको थियो’, उनले भने, ‘ल्याएर अनुसन्धान गर्दा बरामाद मोबाइल र ल्यापटपमा कारोबारको थप सूची पनि भेटिएको छ ।’ थापाका अनुसार उनले आफूलाई कपडा व्यवसायी बताएका छन् ।
यद्यपि, थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4