+
+

पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते ८:२७

३० वैशाख, काठमाडौं । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी अनलाइनखबरलाई दिए ।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ । ‘हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ ।

किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?