+
+

नेकपा बैठक : जिल्ला इञ्चार्ज छनोटको मापदण्डमै विवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १४:३९

२१ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ ।

नेकपा सचिवालयको मंगलबार बसेको बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डबारे छलफल भएको थियो । तर सहमति जुट्न नसकेको एक नेताले जानकारी दिएका छन् ।

मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने पक्षमा देखिएका छन् भने अर्को पक्षले बनाउन नहुने बताएको छ ।

यसमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?