+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ज्येष्ठ नागरिकले रोके आठ वर्ष लामो आन्दोलन

रासस रासस
२०७६ जेठ २५ गते १८:२४
Photo Credit : फाइल फोटो

काठमाडौं । सरकारले भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्ष लामो आन्दोलन अन्त्य गरेका छन् ।

अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिकहरूले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्ना दिँदै आएका थिए । समाजका अध्यक्ष महाप्रसाद पराजुली भन्छन्, ‘देशका बा–आमालाई सुविधा बढाउन आवाज उठाउँदा विगतका सरकारले आश्वासन पूरा गरेनन् । कतिपय सरकारले प्रहरी लगाएर आमाहरुलाई चुल्ठोमा समातेर लात्ताले समेत हाने । अहिले सरकारले भत्तावृद्धिको माग सम्बोधन गरेको छ, हामी खुशी छौं ।’

सरकारले बजेटमा ज्येष्ठ नागरिकको मासिक भत्तामा एक हजार वृद्धि गरी तीन हजार बनाएको थियो ।यसबाट करीब १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ हुने सरकारको अनुमान छ ।

समाजले १६ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलाई बानेश्वर बोलाएर धर्ना अन्त्यको जानकारी दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ज्ञापनपत्र दिई समाजले विसं २०६९ फागुन २४ मा धर्ना शुरु गरेको थियो ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा माग पूरा गर्न सरकारका एक मन्त्रीलाई धर्नास्थल पठाइए पनि प्रहरीबाट दमन भएपछि आन्दोलन निरन्तर भएको थियो । निर्वाचन घोषणा भइसकेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ वर्ष पुगेकाले पनि ज्येष्ठ नागरिक पाउने निर्णय गरे पनि बजेटका कारण कार्यान्वयन हुन सकेन ।

समाजले ६० वर्ष उमेरमै मासिक रु पाँच हजार भत्ता पाउनुपर्ने, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नारिकलाई आरक्षण सिटसहित ५० प्रतिशत छुट हुनुपर्ने, औषधोपचारमा सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालले ५० प्रतिशत छुट गर्नुपर्ने, सार्वजनिक निकायमा राजश्व तिर्दा लाइन बस्नु नपर्ने, वृद्धाश्रममा नभई घरमै बस्ने वातावरण हुनुपर्ने, आमाबुबाको निधन नभएसम्म छोराछोरीले अंश अधिकार नपाउने व्यवस्था हुनुपर्र्नेलगायत आठ बुँदे माग राखेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?