
२८ जेठ, काठमाडौं । भारतीय वायुसेनाको एएन–३२ एयरफ्याटको भग्नावशेष अरुणाचल प्रदेशमा भेटिएको छ ।
यो विमान ८ दिन अघि हराएको थियो र भारतीय वायु सेजा यसको खोजीमा जुटेको थियो । अरुणाचल प्रदेशको पश्चिमी सिंयाग जिल्लामा मंगलबार विमानको भग्नावशेष भेटिएको हो । एमआई–१७ हेलिकोप्टरबाट १२ हजार फुटको उचाईबाट विमानको भग्नावशेष देखिएको भारतीय वायुसेनाले जनाएको छ ।
असमबाट जोरहाटका लागि उडेको मालबाहक विमानमा १३ जना सवार थिए ।
उनीहरुबारे जानकारी जुटाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4