
काठमाडौं । हङकङमा सरकारविरुद्ध आन्दोलन चर्किएपछि मानिसहरुलाई चीन सुपुर्दगी गर्न बनाएको विवादास्पद योजना स्थगित भएको छ ।
मुख्य कार्यकारी क्यारी लामले विधेयकले समाजमा धेरै विभाजन ल्याएको भन्दै स्थगित गरेकी हुन् । विधेयक रोक्न गरिएको आग्रहलाई आफूले सुनेको भन्दै उनले सम्वाद र ब्याख्यामा केही कमी भएको मैले स्वीकार गरेकी छन् ।
उनले अघि भनेकी छन्, ‘यो संसदको अधिवेशन अन्त्य हुनु अगावै पारित गर्न हतार शायद अब छैन ।’
विधेयकमा चीन, ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुसार आएमा हङकङको अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपुर्दगी गर्न सकिने व्यवस्था छ ।
ताइवानमा विदा मनाउन गउका बेला हङकङका एक व्यक्तिे आफ्नो केटी साथीको हत्या गरेको आरोप लागेको थियो तर, उनलाई ताइवान सुपुर्दगी गर्न नसकेपछि यो विधेयकको उत्पत्ति भएको थियो ।
तर यो विधेयकले हङकङका मानिसहरुलाई समस्यामा पार्ने र न्यायिक स्वतन्त्रता खस्कने भन्दै हजारौं मानिस सडकमा आए ।
प्रतिक्रिया 4