४ असार, काठमाडौं । भारतीय ब्याट्सम्यान शिखर धवनले विश्वकप गुमाएका छन् । औंलामा लागेको चोटका कारण उनले बाँकी खेल खेल्न नसक्ने भएका हुन् ।
अष्ट्रेलियासँगको खेलका क्रममा नाथन कल्टर नाइलको बलमा उनको औलामा चोट लागेको थियो ।
सुरुमा उनी तीन साता मैदान बाहिर रहने भनिएको थियो । तर अब पुरै प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।
पाकिस्तानविरुद्ध उनी खेलेनन् । केएल राहुललाई खेलाइएको थियो ।