+
+

अभियोग सावित गर्न नसक्ने देखेपछि इन्काउन्टर हुन्छः शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ७ गते १६:३२

७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टर संस्कृति बढे कानुनी राज्यको उपहास हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले प्रहरीलाई कुनै पनि अभियुक्त पक्राउ परेपछि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइन्न भन्ने लागेपछि इकाउन्टर गर्ने क्रम बढेको बताएका हुन् । उनले भने, ‘इन्काउन्टर सजिलो उपाय रहेछ । कुनै अपराधको अपराधीलाई समातेर मुद्दा दायर गर्न यथेष्ट प्रमाण संकलन गर्नुपर्छ । तर प्रहरीलाई लाग्यो कि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइँदैन भने उसले इन्काउन्टरको नाम दिन्छ ।’

इन्काउण्टरमा मृत्यु भएको घटनाहरुलाई आयोगले अध्ययन गरिररहेको उनले बताए । हालै मात्र सर्लाहीमा भएको भनिएको भिडन्तमा नेत्र विक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ ।
यसबारे अध्ययन गर्न आयोगले टोली नै खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?