+

चितवन च्याम्पियनसिप फुटवलको उपाधी रहजरलाई

२०७६ असार  ८ गते २०:२९ २०७६ असार ८ गते २०:२९
चितवन च्याम्पियनसिप फुटवलको उपाधी रहजरलाई

८ असार, चितवन । चितवनमा चलेको पाँचौं चितवन च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधी अभिषेक चर्च रहजरले जितेको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइतवार भएको फाइनल खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालयलाई एकका विरुद्ध दुई गोलले पराजित गदैं रजहरले उपाधी उचालेको हो ।

उपाधी विजेता टिमले नगद तीन लाख रुपैयाँ पुरस्कार पाएको छ । अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । उनले दोस्रो हाफको २१ र ३५ मिनेटमा गोल गरेका थिए । प्रतियोगिता सुरु भएको ११ औँ मिनेटमा पुलिसका तर्फबाट सन्तोष हेमरुनले एक गोल गरेको भएपनि प्रहरीलाई जिताउन सकेनन् ।

सो प्रतियोगितामा अभिषेक चर्च रहजरका खेलाडी अजित गुरुङ म्यान अफ दी सिरिज घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ बेस्ट मिड फिल्डर, अभिषेक चर्चका मानबहादुर तामाङ बेस्ट डिफेन्स, अभिषेक चर्चका विदेशी खेलाडी योनिक बेस्ट स्कोरर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोर रक्षक घोषित भएका छन् । फरक फरक विधामा उत्कृष्ट भएका चारै जना खेलाडीले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

एभरेष्ट क्लबको आयोजना भएको फुटवल प्रतियोगितामा १६ वटा टीम सहभागी रहेको क्लवका सल्लाहाकार सन्तोष पनेरुले जानकारी दिए । शनिबार हुने भनिएको फाइनल खेल बर्षाका कारण रोकिएपछि आज भएको हो ।

उपविजेता बनेको जुनियर प्रहरी अधिकृत शिक्षालयले १ लाख ५० हजार रकम पुरस्कार हात पारेको छ यस्तैं तेस्रो हुने जुगेडी टिमले नगद ५० हजार प्राप्त गरेको छ ।

विजयी हुने टिम र खेलाडीहरुलाई नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा शिल्ड प्रदान गरे

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय