+

वेष्ट इन्डिजलाई अन्तिम मौका, भारतको नजर सेमिफाइनलमा

२०७६ असार  १२ गते ७:३७ २०७६ असार १२ गते ७:३७
वेष्ट इन्डिजलाई अन्तिम मौका, भारतको नजर सेमिफाइनलमा

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् ।

भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।

यता, भारत भने स्पष्ट जितको खोजीमा हुनेछ । पाँच खेलमध्ये चार खेलमा जित र एक खेल वर्षाको कारण अंक बाँड्दै भारतले ९ अंक बनाएको छ । वेष्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्नुपर्ने हुन्छ ।

वेष्ट इन्डिजले ६ खेलबाट एक खेलमा जित, चार खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक छ । विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अंक गतिणमै मात्र सीमित रहे पनि चमत्कारी प्रदर्शन गर्दै जित हात पारेमा र अन्य टिमको नतिजाले वेष्ट इन्डिजलाई साथ दिएमा उसको सेमिफाइनलको ढोका खुल्ने सम्भवना छ । तर एकदमै न्यून ।

तुलनात्मक रुपमा भारत वेष्ट इन्डिजभन्दा हरेक कुरामा बलियो देखिएको छ । वेष्ट इन्डिज टिममा स्टार खेलाडी भए पनि चल्न सकिरहेको छैन ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

भारत टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय