Comments Add Comment

अरुण चौधरीको फार्म हाउस यसरी बन्यो ‘वेलनेस रिसोर्ट’

मौलिक सोचको रिसोर्ट जसले सिकाउँछ स्वस्थ रहने कला

१२ असार, काठमाडौं । बुढानिलकण्ठको ताजा हावाले हिर्काउने, प्राकृतिक जंगलले घेरिएको सुन्दर दृष्यावलीबीच मज्जाको बासस्थल । यो हो मेराकी वेलनेस रिट्रिट रिसोर्ट

चराचुरुङ्गीको चिरबिर आवाजबीच हरियाली र शान्त स्थलमा अवस्थित मेराकी काठमाडौंको नजिकै उपलब्ध मौलिक रिसोर्ट हो । मौलिक यस अर्थमा कि यसले आफ्ना ग्राहकलाई खानपिन र सयनमात्रै गराउँदैन, स्वस्थ जीवन बाँच्ने कला पनि सिकाउँछ । यहाँ पुग्ने जो कसैलाई एउटा प्राकृतिक चिकित्सालयमा पुगेको अनुभूति हुन्छ ।

नेपालमा नै पहिलोपटक रिर्सोटलाई मानव स्वास्थ्यसँग जोडने फरक सोचका साथ चर्चित व्यवसायी अरुण चौधरीले यो रिसोर्ट खोलेका हुन् । बुढानिलकण्ठ मन्दिरको ठीक माथि मनोरम वन क्षेत्रको बीच तथा शिवपुरी डाँडाको काँखैमा रहेको रिसोर्ट पुग्ने जोकसैको मुखबाट निस्कन्छ, ‘इट्स अमेजिङ !’

केही समयअघिसम्म यो स्थानमा चौधरी र उनको परिवारको प्रिय फार्म हाउस थियो । तर, उनले फार्म हाउस मासेर आधात्म र प्रकृतिको संगमस्थलमा रहेको आफ्नो घरसबैका लागि खुला गर्ने सोच बनाए । र, त्यसैको प्रतिफलमा जन्मियो, ‘मेराकी वेलनेस रिसोर्ट ।’


यो रिसोर्ट तयार गर्दा चौधरीको फार्म हाउसलाई नै उपयोग गरियो । निकै सुन्दर घरलाई रिसोर्टको मुख्य पूर्वाधारका रुपमा परिणत गरी एउटा फरक सिल्प र शैलीका साथ ‘इन्टेरियर’ सजाइयो ।

नेपालका रिसोर्टहरुमा नगरिएको फरक प्रयोग गरिएको छ मेराकीमा । होटलको व्यवस्थापन हेरिरहेका डोनाल्च च मेराकी रिसोर्टलाई स्वस्थ रहन चाहनेहरुको गन्तब्य मान्छन् । उनको भनाइमा रिसोर्टको सेवा बस्नु र खानुसँग मात्रै जोडिनु हुँदैन ।

‘होटलमा पुग्ने मानिसले आफ्नो स्वास्थ्यलाई सबैभन्दा बढी महत्व दिएका हुन्छन् । त्यसैले स्वस्थ र स्वच्छ किसिमको बसाइ, खुवाई र क्रियाकलाप महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘यहाँ आउने ग्राहकले एउटा रिसोर्टमा पाउने सेवा र सुविधाका साथमा स्वस्थ रहने कला पनि सिक्नुहन्छ ।’

छोटो समयमै यो रिर्सोटले राम्रो प्रतिक्रिया बटुलेको छ । बुढानिलकण्ठको समीपमा आध्यात्मिक गुन्जन, प्राकृतिक दृष्यावलोकन र शारीरिक तथा मानसिक शुद्धीकरणको त्रिवेणीले रिसोर्टलाई मौलिक पहिचान दिएको छ ।

मौलिक कक्ष

रिसोर्टमा ग्राहकका लागि ८ वटा विशिष्ट कक्षहरु छन् । प्रत्येक कक्षलाई फरक तवरले सजाइएको छ । सबैलाई आ-आफ्नो मौलिक पहिचान दिइएको  छ ।

यसमध्ये प्रेसिडेन्सियल स्वीट रुम सबैभन्दा विशेष छ । यसबाहेक हरेक कक्षलाई फरक-फरक मौलिकता दिइएको छ, जसलाई राजस्थानी कक्ष, नेवारी कक्ष, डिलक्स कक्ष लगायत नाम दिइएको छ ।

ती कक्षहरुको नामअनुसार संस्कृति, सभ्यता र मौलिकतासँग जोडिने वस्तु, चित्र र चिन्हहरुमार्फत सजावट गरिएको  छ । पर्खाहरुमा सुन्दर पेन्टिङहरु सजाइएका छन् ।

प्रायः सबै कक्षबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । ती कक्षहरुको सुविधा हेरेर फरक फरक शुल्क तोकिएको छ । न्युनतम् १२ हजारको खाने तथा बस्ने प्याकेज छ ।

बुढानिलकण्ठबाट १० मिनेटमा पुग्न सकिने मेराकीको लाउन्जलाई पनि भव्य तवरले सजाइएको छ ।

‘वेलनेस’ सर्भिसको गन्तब्य

मेराकीको सबैभन्दा विशिष्ट सेवा भनेको उपलब्ध  ‘वेलनेस’ सर्भिसहरु हुन्, जसले यहाँ पुग्नेहरुलाई स्वस्थ रहन प्रेरित मात्रै गर्दैन, आफ्नो शरीरलाई माया गर्न पनि सिकाउँछ । शरीरको स्वस्थता, शुद्धता र सुन्दरताका लागि यहाँ विभिन्न सेवासुविधा उपलब्ध छन् ।

यहाँ विशेष प्रकारका ‘स्पा’ हरु छन् । सिग्नेचर मसाज, फूट मसाज, हेड, नेक एन्ड सोल्डर मसाज, लिम्फाटिक मसाजको सुविधा छ । शरीरलाई अरुले छोएर मसाज गर्न मन नपराउनेहरुका लागि ‘मसाज चेयर इन्डुल्गेन्स’ को पनि सुविधा छ । ट्रेकर्स एन्ड गल्र्फस रिकभरी मसाज, डीप टिस्यु सिआत्सु स्टायलको मसाज पनि गराउन सकिन्छ ।

अर्को बिशेष खालको मसाज हो, हिमालय स्टोन मसाज । हिमालय क्षेत्रकै प्राकृतिक जडिबुटीबाट बनेको औषधिमार्फत गरिने मसाज पनि यहाँ परिचित छ । ‘रिजेनेरेटिङ स्क्रब एन्ड मसाज’ को सेवा पनि मेराकीमा लिन पाइन्छ ।

यहाँ विभिन्न सौन्दर्य स्वास्थ्यसँग सम्बन्धित सेवा उपलब्ध गराइन्छ । अक्सिजन फेसियलसहितका विभिन्न प्राकृतिक विधिमार्फत छालाको हेरचाहको कार्य हुन्छ । सुन्दर र स्वस्थ नङका लागि फरक-फरक उपचार पद्धतिमार्फत सेवा दिइन्छ ।


यस्तै यहाँ हिमालय साल्ट इरिगेसन थेरापीको सुविधा छ । विशेषगरी धुमपान र मद्यपान गर्नेहरुका लागि यो थेरापी उपयुक्त मानिन्छ । पाकिस्तानको पर्वतीय क्षत्रेबाट ल्याइएको नुनका ब्लकहरु लगाएर यो थेरापी कक्ष तयार गरिएको छ । जहाँ बसेर प्राकृतिक तवरले आफ्नो शरीरमा हिमालय क्षत्रेको नुनमार्फत थेरापी लिन सकिन्छ । यो नेपालमै पहिलोपटक चिनाइएको थेरापी हो ।

मेराकीमा अर्को विशिष्ट वेलनेस सुविधा छ, हाइपरब्यारिक अक्सिजन बाथ च्याम्बर । यो पनि अर्को प्राकृतिक उपचार पद्धति हो, यो चेम्बर बसेर शरीरको विभिन्न स्वास्थ्य समस्यालाई हल गर्न सकिन्छ ।


यहाँ हाइड्रो थेरापीको पनि सुविधा छ । पानीमार्फत गरिने थेरापीमार्फत शरीको थकान र दुखाई भगाउन सकिन्छ । पोखरीभित्र निकै शक्तिसहित फालिएको पानीमा बसेर ढाडको दुखाई, घुँड तथा पिँडुलाको दुखाई मार्न सकिन्छ ।

यस्तै यहाँ कोलोन हाइड्रो थेरापीको पनि सुविधा छ । जसमार्फत शरीरको तौल घटाउनदेखि शरीरभित्रका विभिन्न पाचनसहित स्वास्थ्य प्रणालीलाई स्वस्थ र सक्रिय राख्न सकिन्छ ।

यहाँ हमामसहित एफआईआर साउना र एरोमाथेरापी तथा स्टिममा विभिन्न सुविधा पनि छन् । हिलिङ हिट थेरापी, एरोमा स्टिम सहितका यी सुविधाको मज्जा लिन पनि मेराकी पुग्न सकिन्छ ।


योगा पनि

यहाँ पुगेर स्वास्थ्य परामर्श पनि लिन सकिन्छ । आफ्नो स्वास्थ्यमा रहेका समस्या पत्ता लगाएर मेराकीभित्रै त्यसको उपचारका प्रशाधनहरु प्रयोग गर्न सकिन्छ ।

यहाँ डाक्टरसहितका व्यवसायिक स्वास्थ्यकर्मीले विभिन्न स्वास्थ्य समस्याका परामर्शहरु पनि प्रदान गर्छन् । यहाँ एलोपेथिक सर्पो र ब्लड प्रोफाइलिङको पनि काम गरिन्छ ।

यहाँ पुगेर ध्यान तथा योगा पनि गर्न सकिन्छ । प्राकृतिक ब्यायामको लागि बिशिष्ट क्षेत्रमा विशेष व्यवस्था पनि गरिएको छ । तन्दुरुस्तीका लागि यो स्थान निकै उपयुक्त देखिन्छ ।

यहाँ जाकुजी, टर्किस बाथ, लाईभ ब्लड स्क्रिनिङ, हलो थेरापी, हट एन्ड बोल्ड वाटर थेरापी, लगायतका अनेक खालका स्वास्थ्यप्रद सुविधा उपलब्ध छन् ।

प्राकृतिक र पारिवारिक वातावरण

करिब १५ रोपनीमा फैलिएको रिसोर्टमा रहेका रेष्टुरेन्ट तथा बारमा पूर्ण अग्र्यानिक खाना खुवाइन्छ । स्वदेशी तथा विभिन्न विदेशी परिकारहरुको स्वाद लिन पनि सकिन्छ । झन् विभिन्न परिकारलाई मेरिकीले हिमालय क्षेत्रको नुनको ‘ब्लक’मा नै राखेर पस्किन्छ ।

पूर्ण पारिवारिक वातावरणसहितको होटलमा शिवपुरी क्षेत्रको प्राकृतिक पानीलाई प्रशोधन गरेर मात्रै खुवाइन्छ । जुन पानी निकै स्वस्थबर्द्धक मानिन्छ । रिसोर्टभित्र प्राकृतिक वातावरणमा बस्न प्रशस्त खुला स्थान उपलब्ध छ ।

रिसोर्टले यहाँ पुग्ने ग्राहकलाई आफ्ना सबैजसो सेवामा अहिले विभिन्न छुटसहितका अफरहरु दिएको छ । ग्राहकले रिसोटमा पुगेर विभिन्न प्याकेज खरिद गरेर सेवा लिन सक्छन् ।

मेराकी सञ्चालनका लागि ८ करोड रुपैयाँ बढी खर्चिएको चौधरी होल्डिङ्सले केही समयभित्रै बुढानिलकण्ठमा नै अर्को रिसोर्ट तयार गर्दैछ । मेराकीभन्दा अझै माथि निर्माण गर्न लागिएको सो रिसोर्ट पनि सुविधासम्पन्न फरक किसिमको सेवासहितको हुनेछ ।

फोटोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment