
१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले वेष्ट इन्डिजविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
म्यान्चेस्टरस्थित वल्ड ट्राफोर्ल्डमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेपछि वेष्ट इन्डिजले बलिङको निम्तो पाएको हो । आजको खेल वेष्ट इन्डिजको लागि गर या मरको स्थितिमा छ । वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।
यता, भारत भने स्पष्ट जितको खोजिमा हुनेछ । पाँच खेलमध्ये चार खेलमा जित र एक खेल वर्षाको कारण अंक बाँडेदै भारतले ९ अंक बनाएको छ । वेष्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्नु पर्ने हुन्छ ।
वेष्ट इन्डिजले ६ खेलबाट एक खेलमा जित, चार खेलमा हार र एक खेल वर्षाको कारण अंक बाँड्दै तीन अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4