+
+

विषादी परीक्षण स्थगितबारे संसदमा जवाफ दिन मन्त्रीलाई रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १४:०३

२२ असार, काठमाडौैं । प्रतिनिधिसभाले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रुलिङ गरेको छ ।

आइतबारको संसद बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग गरेपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गरेका हुन् ।

खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाएका थिए ।
त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा नेपालका सांसद प्रमोद साहले बालुवा झिक्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको घटनामा जायज माग राखेर आन्दोलन गर्दा सरकारले अन्धाधुन्ध गोली चलाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?