+

प्रदेश ३ को खेलकुद विकास परिषद्का सदस्य सचिवले लिए सपथ

२०७६ असार  २४ गते १७:१६ २०७६ असार २४ गते १७:१६
प्रदेश ३ को खेलकुद विकास परिषद्का सदस्य सचिवले लिए सपथ

२४ असार, हेटौंडा । प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुले मंगलबार सपथग्रहण गरेका छन् ।

परिषद्का अध्यक्ष एवम् प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव सूर्यलाल भण्डारी र ५ सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्मा २१ सदस्य टोली रहने भए पनि अहिले भने ६ जनालाई नियुक्त गरिएको हो ।

गतअसार ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सदस्य सचिवमा भण्डारी र अन्य ५ जना सदस्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

परिषद्को सदस्यहरुमा विकास तामाङ, माधब तिमल्सिना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई मंगलबार सफथ ग्रहण गराइएको हो ।

मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताए ।

नवनियुक्त सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारले दिएको प्रदेश खेलकुद विकासको जिम्मेवारीलाई पूर्णरुपले निभाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कंडेल, मन्त्रालयका सचिब दिपेन्ऽ सुबेदीलगायतकाको उपस्थित रहेको थियो ।

सदस्य सचिव भण्डारीले मंगलबार पदभारग्रहण गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय