+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते ९:४३

२९ असार, कास्की । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताएका छन् ।

खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती रहे पनि त्यसको सामना गरेर सोही मितिमा गरिने बताए ।

यही वर्षको डिसेम्बर १ देखि ९ सम्म नेपालमा तय भएको साग खेलकूदलाई सम्पन्न गर्न भौतिक पूर्वाधार निर्माण र खेलाडीको तयारी चुनौतीको रूपमा रहेको बताउँदै उनले भने, ‘जे कामका निम्ति आएको हुँ, त्यो गर्न नसके म मेरो पदमा बस्नुको कुनै अर्थ हुँदैन, चुनौती र जिम्मेवारीलाई समन्वय गरेर अघि बढ्छु ।’

सिलवालले नेपाल क्रिकेट सङ्घ (क्यान)कोे विवाद समाधान गर्नका लागि पाँच सदस्यीय कमिटी रहेको बताउँदै एक हप्ताभित्रमा समाधानको पहल गरिने बताए ।

उनले पोखरा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको मैदान प्राकृतिक घाँसे नै बन्नुपर्ने बताउँदै प्राकृतिक शहरमा कृत्रिम मैदान हुन नहुनेमा जोड दिए । रङ्गशाला निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले गुणस्तरीय हिसाबले साग खेलकूद अघि निर्माण सम्पन्न गरिनुपर्ने बताए ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनका साथ सदस्यसचिव सिलवालले निर्माणाधीन फुटबल रङ्गशालाको निरीक्षण गर्दै राष्ट्रिय गौरवको आयोजना भएकाले आगामी कात्तिक १५ गतेभित्रमा रङ्गशाला निर्माणको काम सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?