+
+

२०६औं भानु जयन्ती : महानगर परिक्रमा, राष्ट्र कविलाई रथारोहण

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १२:२४

आज २०६औं भानु जयन्ती । विश्वभर नेपाली भाषीहरुले बिभिन्न कार्यक्रम आयोजना गरेर भानुभक्त आचार्यलाई सम्झिरहेका छन् ।

जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी तथा महानगर परिक्रमा गरिएको छ । भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा निकालिएको प्रभातफेरी प्रज्ञा भवनबाट सुरु भइ पुतली सडक, बागबजार, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेको थियो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणका गरिएको थियो । प्रज्ञाभवनका आयोजित कार्यक्रममा अभिनन्दनसमेत गरिएको थियो ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?