+
+

घर नजिकको खोलाले बगाउँदा छोरा वेपत्ता, आमाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते ७:२८
Photo Credit : onlinekhabar/file

३१ असार, उदयपुर । उदयपुरमा बाढीमा बगेर र पहिरोमा पुरिएर दुई जना सम्पर्कविहीन भएका छन् । एक जनालाई उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको छ ।

रौतामाई गाउँपालिकाको वडानम्बर ७ मा मुर्कुटे खोलाले बगाएर एक किशोर वेपत्ता भएका छन् । सुनिता तामाङको १३ वर्षीय छोरा आर्यन तामाङलाई घर नजिकैको खोलाले बगाएको हो ।

प्रहरीका अनुसार गएराति करिब साढे १० बजेतिर आमा-छोरा घर बाहिर निस्किएको बेला माथिबाट एक्कासी आएको बाढीले दुवैजनालाई बगाएको थियो । आमा सुनितालाई उद्धार गरिए पनि छोरालाई भेटाउन नसकिएको एसपी बीरबहादुर बुढामगरले बताए ।

सुनिता गम्भीर घाइते भएकाले उनलाई उपचार गर्न विराटनगर पठाइएको छ । उनको छोरा आर्यनको खोजीकार्य जारी राखिएको छ ।

यसैगरी रौतामाई गाउँपालिका वडानम्बर ८ मा रितबहादुर रिठ्ठामगरको घरमाथि गएराति करिब १ बजे पहिरो खस्दा उनकी ५० वर्षीया आमा रनमाया रिठ्ठामगर पुरिएकी छन् । उनको खोजी भइरहेको एसपी बुढामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?