+
+

मलाइका भन्छिन्–‘४० बर्ष कटेपछि मात्र महिलालाई सफलता मिल्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते ११:३१

नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ ।’

मलाइकाले यसपटक आफूले ‘दबंग ३’मा आइटम नृत्य समेत नगर्ने बताएकी छिन् । मलाइकाले भनिन्–‘म यसपटक यो चलचित्रमा देखिनेछैन । यो पटक चलचित्रमा पुराना कलाकार देखिने छैनन् । तर, म शुभकामना दिन चाहन्छु कि यो चलचित्रसँग आवद्ध सबैलाई सफलता मिलोस् ।’

मलाइकाले आफ्नो प्रोडक्शन हाउसको माध्यमबाट नयाँ नयाँ शोजहरु बनाउन चाहेको समेत खुलाएकी छिन् । उनले, आफूलाई निकै फरक फरक प्रकारका उपायहरु पनि प्राप्त भएको खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?