+
+

पूर्वमिस नेपालको प्रेम चर्चा !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ५ गते १४:१७

मिस नेपालले अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यहीवीचमा, श्रृङ्खला खतिवडाले  टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेकी छिन् ।

सन् २०१८ की मिस नेपाल श्रृङ्खला अहिले विदेशमा छिन् । टर्की पुगेसँगै उनको प्रेमले पनि चर्चा पाएको छ । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्राममा देख्न सकिन्छ ।

टर्कीमा श्रृङ्खलाले सिशन बाँनियासँग खिचेको तस्वीरसँगै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको छ। सिशनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएकी छिन् ।

सिशन र श्रृङ्खलाको प्रेमको चर्चा नयाँ होइन । यद्यपि यो विषयमा दुबैले मुख खोलेका छैनन् । श्रृङ्खलाले  सिशनको नाम आफ्नो सफलतासँग जोडेर लिने गरेकी छिन् ।

सिशन भ्लगर  हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोले निकै नै चर्चा पाएकाे थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?