+

एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट

२०७६ साउन  २१ गते १२:४१ २०७६ साउन २१ गते १२:४१
एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट

२१ साउन, काठमाडौं । एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट गरिने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले प्रेस विज्ञप्ति निकाल्दै इन्डोनेसियामा यहि सेम्टेम्बर १५ देखि २२ सम्म हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगिताको लागि खुल्ला छनोट गर्ने भएको छ ।

खुल्ला छनोट बुधबार हुँदैछ । खुल्ला छनोटबाट समान ४-४ महिला पुरुष खेलाडी अर्को चरणको लागि छनोट हुने छन् । छनोट भएका आठ खेलाडी र ४०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तिम १६ मा पर्न सफल महिला तथा पुरुष खेलाडी गरी अन्तिम चरणमा ४० जना खेलाडीको सहभागिता रहनेछ ।

४०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पि्रक्वाटरफाइनलमा पुग्ने समान १६-१६ महिला पुरुष गरी ३२ जना खेलाडीले अभ्यास गरिरहेको छन् ।

यो अन्तिम राउण्डबाट तीन महिला र तीन पुरुष गरी ६ जना खेलाडीले इन्डोनेसियामा हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगितामा भाग लिने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय