+

मोहम्मद शाहजाद अनिश्चितकालका लागि निलम्बित

२०७६ साउन  २५ गते २०:४३ २०७६ साउन २५ गते २०:४३
मोहम्मद शाहजाद अनिश्चितकालका लागि निलम्बित

२५ साउन, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले ब्याट्सम्यान मोहम्मद शाहजादको सम्झौता अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

शाहजादले देश बाहिर जाँदा अनुमति लिनुपर्ने नीति उल्लंघन गरेको बार्डले बताएको छ । साथै विश्वकप क्रिकेटका क्रममा गरेको टिप्पणीलाई लिएर उनलाई जुलाई २० देखि २५ सम्म अनुशासन कमिटीमा आउन भनिएको थियो तर आएनन् । ईदको विदापछि बस्ने अनुशासन समितिको बैठकले शहजादमाथि थप कारबाही गर्न सक्छ ।

क्रिकइन्फोका अनुसार शहजा पाकिस्तानको पेशावरमा छन् र अभ्यास भइरहेका छन् । उनले आफ्नो बाल्यकाल पेशावरको शरणार्थी शिविरमै विताएका थिए । यद्यपि उनका आमाबुबा अफगानिस्ताको ननगाहरका हुन् ।
उनको अरु टिममेट जस्तै उनी पनि अफगान पाकिस्तान बोर्डर नजिकै हुर्किएका हुन् । उनले पेशावरमै बिहे गरे ।

एकदिवसीय विश्कपमा चोटका कारण उनलाई स्वदेश फिर्ता पठाएपछि शहजादले राजनीति भएको टिप्पणी गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय