+
+

यूरोपमा ‘लप्पन छप्पन’ गर्दै दया, अर्पण, अनुप र सौगात

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते ११:१०

मुकुन्द भट्टको निर्देशनमा चलचित्र ‘लप्पन छप्पन २’को छायांकन यतिबेला धमाधम भैरहेको छ । नेपालबाट भागेको अपराधी खोज्ने क्रममा चलचित्रको टिम विदेश पुगेको छ । नेपालमा चलचित्रका केही दृश्य छायांकन गरेर यसको टिम यूरोप उडेको हो । यूरोपका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको छ ।

चलचित्रको सेटबाट सार्वजनिक भएको एक तस्वीरमा नेपाली चलचित्रका चर्चित ४ कलाकार देखिएका छन् । तस्वीरमा नायक दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुप विक्रम शाहीलाई देख्न सकिन्छ । चलचित्रको छायांकन अष्ट्रेलियामा पनि हुने वुझिएको छ । चलचित्रमा नायिकाको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले काम गरिरहेका छन् ।

चलचित्र ‘लप्पन छप्पन २’लाई एक्सन जनरामा निर्माण गरिएको छ । अनुप, सौगात, दया र अर्पणको गेटअपले पनि दर्शकमा उत्साह बढाउन सक्छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ । चलचित्र ‘लप्पन छप्पन’ भने बक्स अफिसमा पूर्ण रुपमा असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?