+
+

पाकिस्तानमा प्रस्तुति दिएपछि मिका सिंहलाई प्रतिबन्ध लगाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १२:०७

भारतका सफल पाश्र्व गायक मिका सिंहलाई ‘दि अल इन्डिया सिने वर्कश’ले प्रतिबन्ध लगाएको छ । मिकाले केही दिन अगाडि मात्र पाकिस्तानको कराँचीमा आयोजना भएको एक मुस्लिम परिवारको बिहेमा प्रस्तुति दिएका थिए । धेरै दर्शकले उनलाई सामाजिक संजालबाट देश छाड्न चेतावनी समेत दिएका छन् ।

भारत सरकारले धारा ३७० खारेज गरेसँगै पाकिस्तानमा भारतीय चलचित्र रिलिजमा प्रतिबन्ध लगाएको थियो । ‘दि अल इन्डिया सिने वर्कश’ले मिका सिंहसँग काम नगर्न भारतका चलचित्र निर्माता, कलाकार, निर्देशक लगायतलाई अपिल पनि गरेको छ ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ–‘मिका सिंहले भारतको गौरवमा ध्यान नदिएको देखिन्छ । यसैले उनले पाकिस्तानमा गएर प्रस्तुति दिने निर्णय गरे ।’ वर्कशले भारत सरकारलाई समेत यो बिषयमा ध्यान दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?