+
+

ठेकदारको पिटाइबाट कपनमा मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते ११:२१

१८ भदौ, काठमाडौं । ठेकेदारकाे कुटपिटबाट बूढानीलकण्ठ नगरपालिका–१०,कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा  कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् । प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए ।

कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।

मंगलबार राति एक होटलमा भेटिएका प्रेमसँग सञ्जले आफूले काम गरेबापत लिनुपर्ने रकम मागेका थिए । प्रहरीका अनुसार रकम मागेपछि प्रेमसहित उनका साथीले सञ्जयमाथि हातपात गरेका थिए ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?