+
+

कुटपिटमा संलग्न १६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते ११:४९

१९ भदौ, पर्वत । कुश्मा नगरपालिका–५, यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?