+
+

सूचना विभागविरुद्ध आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १८:५८

२२ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले सूचना विभागविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि विभागलाई लिखितरुपमा ध्यानाकर्षण गराउँदासमेत वास्था नगरेको भन्दै महासंघको श्रमजीवी हित प्रबर्धन समितिले विभागलाई आन्दोलनको चेतावनी दिएको हो ।

समितिको संयोजक रामप्रदास दाहालले महासंघका मागबारेमा विभागलाई पुनःस्मरण गराएका छन् । ७ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्ने निर्णय महासंघले गरेको छ ।

यसअघि महासंघले आर्थिक वर्ष ०६६/७७ को दरबन्दी र श्रमजीवी विवरण तोकिएको समयमा नबुझाउने सञ्चार गहृको नाम सार्वजनिक गर्न र कानुनी कारबाही गर्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?