+
+

महोत्तरीमा श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ   

रासस रासस
२०७६ भदौ २७ गते १४:२०

२७ भदौ, महोत्तरी । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा-२ (साविकका औरही गाविस वडा-८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए ।

प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए ।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?