+
+

बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २८ गते १९:३५

२८ भदौ, काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । वुद्धले थप एउटा एटीआर-७२ जहाज भित्र्याएको हो ।

चेन्नईबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको कम्पनीले बताएको छ । अब बुद्धको जहाज संख्या १३ पुगेको छ ।

जसमा ८ वटा एटीआर-७२ छन् । एटीआर-४२ जहाज तीन वटा छन् । बुद्धसँग दुईवटा १९०० डी जहाज पनि छन् ।

कम्पनीले अर्को जहाज आगामी अक्टोबरमा ल्याउनेछ । कम्पनीका अनुसार नयाँ जहाजले दशैंअघिनै सेवा थाल्नेछ । नयाँ जहाजले दशैं, तिहार र छठका लागि यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीलको मर्मत सम्भार र नियमित उडानको व्यवस्थापन तथा विलम्बलाई घटाउन पनि सहयोग पुग्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?